बेनीघाटमा निःशुल्क सेनेटरी प्याड वितरण केन्द्र स्थापना

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २, २०७८

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित बेनीघाट बजारमा आज भ्यालेन्टाइन डेको अवसरमा निःशुल्क सेनेटरी प्याड वितरण केन्द्र स्थापना भएको छ ।

प्रणय दिवसको अवसरमा धादिङको बेनीघाटका युवाहरुले सेनेटरी प्याड किन्न नसक्ने र युवतीहरुका लागि निःशुल्क प्याड वितरण केन्द्र स्थापना गरिएको दिपेश कडेलले बताए ।

बेनीघाटका स्थानीयहरुले विगत केहि वर्ष देखि असाह्य गरिव तथा विपन्नहरुको लागि निशुल्क कपडा घर समेत स.चालन गरि रहेका छन् ।