
काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको आइतबार काठमाडौंमा बसेको सचिवालय बैठकले नवौं राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते गर्ने निर्णय गरेको छ ।
यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना महामारीको संक्रमणका कारण रोकिएको थियो ।
चौतारीको बैठकले महाधिवेशन फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।