माओवादी केन्द्रले नीलकण्ठमा मेयरको टिकट कस्लाई देला

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १, २०७८

धादिङ । निर्वाचन आयोगले बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने जनाए अनुसार दलहरुले पनि चुनावी तयारीहरु थालेका छन् । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका कांग्रेस सँग चुनावी तालमेल गरेको थियो । यो पटक सत्ता गठबन्धन बीच तालमेल गर्ने चर्चा भए पनि टुङ्गो भने लागेको देखिँदैन ।

धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठको मेयर, को बन्ला चर्चा चल्न चल्न थालेको छ । तलमेलबाट मेयरमा कांग्रेसका भिम ढुङ्गाना र उप मेयरमा माओवादी केन्द्रका मनराज भन्डारीले चुनाव जितेको यस नगरपालिकामा यो पटक माओवादीले मेयर पदको उम्मेदवारी नछाड्ने माओवादी स्रोतले जनाएको छ । ०७४ को सथानीय तहमा कांग्रेस माओवादीको तालमेल हुँदा मेयरमा ढुङ्गानाले १३,१७६ मत ल्याएका थिए भने उप मेयरमा भण्डारीले १०,३२३ मत ल्याएका थिए ।

माओवादीले मेयरमा उठाउन सक्ने सम्भावित उम्मेदवारहरु
१. रामप्रसाद (कमल) सापकोटा सह सचिव उपत्यका विशेष प्रदेश
माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको सह सचिव समेत रहेका पर्यटन व्यवसायी कमल सापकोटा समाजसेवीका रुपमा धादिङमा परिचित छन् । सापकोटा नियमित गाउँ आउने र संगठन निमार्णमा सरिक हुने पार्टीको जिम्मेवार पदमा रहेकाले पनि पाटी छलफलमा सापकाटो नाम आउने बताईएको छ ।
२. मनराज भण्डारी, बागमती प्रदेश सदस्य
नीलकण्ठ नगरपालिकाको उप-मेयर मनराज भण्डारी पनि मेयर पदका दावेदार रहेको माओवादी स्रोतले जनाएको छ । पार्टीको हस्तक्षेप नगरपालिकाका उप मेयरले खेल्न नसकेको पार्टी शुभचिन्तकको आरोप हल गर्न पनि भण्डारी मेयरको उम्मेदवार बन्न सक्ने स्रोतले जनायो ।
३. शम्भु श्रेष्ठ, नीलकण्ठ नगरपालिका अध्यक्ष माओवादी केन्द्र
माओवादी केन्द्र धादिङका जनयुद्धकालिन कार्यकर्ता मध्य पर्ने श्रेष्ठ नीलकण्ठ नगर अध्यक्ष बसेर प्रदेशमा नजानुले पनि मेयर पदमा श्रेष्ठको उम्मेदवारी रहन सक्ने बताईएको छ ।
४. दिपक विश्वकर्मा, बागमती प्रदेश सदस्य
माओवादी केन्द्रको नगर इन्चार्ज समेत भैसकेका युवा जोसका दिपक विश्वकर्माको पनि मेयर पदमा चर्चा छ, विश्वकर्मा आफैले आकांक्षी दावी गरेका छैनन् तथापी युवा, भिजन र वैचारिक क्षेमताका विश्वकर्मा पनि मेयरको उम्मेदवार बन्न सक्छन् ।
५. युवराज खतिवडा, युवा व्यवसायी
धादिङ खाल्टे घर भई पोखरा बस्दै आएका युवाराज खतिवडा आफूपनि धादिङमा राजनीति गर्न आउने बताउनु र नेताहरुमा राम्रो सम्बन्ध रहनुले पनि मेयर पदमा कस्लाई उठाउने माओवादी केन्द्रको बैठकमा खतिवडाको नाम आउने स्रोतले जनायो ।