
धादिङ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार धादिङबेसी स्थित फुटसल एकेडेमीमा हुदै आएको फुटसल प्रतियोगिता अन्तरगत माघ महिनाको धादिङ फुटसल उपाधी सरोज अधिकारीको टिमले जितेको छ ।
प्रथम पुरस्कार २० हजार नगद र दितिय पुस्कार १२ हजार नगद रहने यस प्रतियोगिताको फाईनलमा अनिल भण्डारी टिमको ५ गोलका विरुद्ध सरोजको टिमले ८ गोल गर्दै विजयी बनेको हो ।
यस प्रतियोगितामा एकराज तामाङ उत्कृष्ट खेलाडी घोषित बने । विजयी खेलाडीहरुलाई एन्फा धादिङका प्रवक्ता राजन भण्डारी र धादिङ फुटसल एकेडेमीका संचालक गोपी कृष्ण भण्डारीले पुरस्कार वितरण गरेका थिए ।