गोईराङमा सिकाई उपलब्धि बृद्धि अभिमुखिकरण

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २८, २०७८

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं १० को गोईराङ आधारभुत विद्यालयमा १ दिने अभिमुखिकरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।

बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गराउन दिर्घकालिन उदेश्य राखेर चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनीघाट रोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० का १९ बिद्यालयमा संचालन गर्न लागेको सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम अन्तरगत गोईराङ आविमा अभिमुखिकरण कार्यक्रम गरेको हो ।

बालबलिकाको बिद्यालयसम्म पहुँच बढाउन, बालबालिका उपस्थिति तथा नियमितता गराउन र बालबालिकाहरुको सिकाई उपलब्धि सुधारका लागि बालबालिकालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रम संचालन भएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

कार्यक्रमले बालबालिकाको सिकाई उपलब्धि बृद्धि गर्न सम्बन्धित पक्ष बिद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा सरोकारवालाहरुसँग सहकार्य तथा गाउँपालिकासँगको समन्वयमा कार्यक्रम संचालन गर्न लागिएको पनि कार्यकारी निर्देशक अर्यालले बताए ।

गोईराङ आधारभुत विद्यालयमा भएको अभिखुखिकरण कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष वकिल बहादुर मगर, शिक्षक सरु गुरुङ सहित विव्यस सदस्यहरु, शिक्षक अभिभावक संघका अध्यक्ष सहित सदस्यहरु, अभिभावक, बालक्लबका सदस्यहरु र शिक्षकहरु लगायत २५ जनाको उपस्थिति रहेको प्रयास नेपाल धादिङका दिप्ति जोशीलेले जानकारी दिईन् ।