धादिङमा आज ३० को परिक्षणमा ९ जनामा कोरोना पोजिटिभ

Avatar photo
Dhadingpost
बिहिबार, माघ २७, २०७८

धादिङ । धादिङमा आज ३० जनाको एण्टिजेन परिक्षण गरिएकोमा ९ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

धादिङमा आज ३० जनामा एण्टिजेन परिक्षण गरिएको मध्ये ज्वालामुखीमा ३, धुनीबेसीमा २, गजुरीमा २, त्रीपुरासुन्दरीमा १ र गंगाजमुनामा १ गरि जिल्लामा ९ जनाको कोरोना पोजिटिभ देखिएको हो ।

योसँगै जिल्लामा सक्रिय संक्रमित १ सय २० जना बाँकी रहेका छन्।संक्रमित मध्ये १ सय ११ जना होम आइसोलेसनमा रहेका छन् भने ९ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन् । धादिङमा कोरोना संक्रमण दर (पर्सेन्टेज पोजिटिभिटी रेट) ३० प्रतिशत रहेको छ ।

बुधबार ११ संक्रमित थपिएका थिए । जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४४४ पुगेको छ । संक्रमित मध्ये ९ हजार २६३ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन् ।