धादिङ तिप्लिङका जेगु लामा मलेसियामा २१ वर्षदेखि बेपत्ता

Avatar photo
Dhadingpost
बिहिबार, माघ २७, २०७८

धादिङ । धादिङको रुबीभयाली गाउँपालिका ६ तिप्लिङका जेगु लामा विगत २१ वर्ष देखि अघि वैदेशिक रोजगारीको लागि मलेसिया गएका थिए । उनी जव मलेसिया पुगे तव हाल सम्म पनि सम्पर्क विहिन छन् ।

०५७ सालमा मलेसिया गएको र हाल सम्म पनि सम्पर्क हुन नसकेकोले उनको खोजविन तथा उद्दारका लागि डेभिड घलेले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । निवेदनमा उनी कारावासमा हुन सक्ने आशंका गरिएको छ ।

निवेदनमा भनिएको छ, ०५७ मा मलेसिया गएको र हाल सम्म कुनै पनि माध्यामबाट सम्पर्क हुन नसकेको उहाँको साथीहरु मध्यबाट पटक पटक अपुष्ट खवर आईरहे पनि निज जिवित या कुनै कारावासमा हुन सक्ने आशंकाहरु मात्रै सुनिन्छ । केहि अपुष्ट सूचना अनुसार मलेसियाको सेरेमब्स शहरको कुनै कारागारमा भएको हुनसक्ने हुँदा खोजविन तथा उद्दारका लागि अनुरोध गरिन्छ ।