सात महिनाको बच्चा चोरेर भाग्दै गरेका दुई महिला पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, माघ २७, २०७८

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बच्चा चोरी गर्दै गर्दा पक्राउ परेकी महिलालाई सार्वजनिक गर्न धनुषा प्रहरीले आज ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।