दूधमा ९ रुपैयाँ मूल्य बढ्यो, शुक्रबारदेखि लागू हुने

Avatar photo
Dhadingpost
बिहिबार, माघ २७, २०७८

काठमाडौं । सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएसँगै डीडीसीले पनि उपभोक्तालाई ९ रुपैयाँ बढाउने निर्णय गरेको छ । ‘
‘कच्चा दूधको मुल्यवृद्धिसँगै ढुवानी लगायत लागत खर्च पनि बढेको छ । वैज्ञानिक आधारमा स्टान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेका छौं,’ कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सन्जीब झाले भने, ‘नयाँ मूल्य शुक्रबारदेखि लागू हुनेछ ।’

कच्चा दूधको मूल्य बढेसँगै डेरी उद्योगीहरुले उपभोक्ता मूल्य बढाउन दबाब दिएका थिए । उनीहरुले उपभोक्ता मूल्य लिटरमै १० रुपैयाँ बढाउनु पर्ने दबाब दिइरहेका छन् ।