धादिङमा आज ४६ जनाको परिक्षणमा ११ पोजिटिभ

Avatar photo
Dhadingpost
बुधबार, माघ २६, २०७८

धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज धादिङमा ४६ जनाको एण्टिजेन परिक्षणमा ११ पोजिटिभ देखिएको छ ।

आज धादिङमा पोजेटिभ देखिनेमा नीलकण्ठमा १, गंगाजमुनामा २ र धादिङ अस्पतालमा ८ गरि जिल्लामा ११ पोजिटिभ छन् ।

आजै धादिङमा ६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । जिल्लाको सक्रिय केश १४८ पुगेको छ र ९ जना हस्पिटल आइसोलेसनमा रहेका छन् । पोजिटिभीटी रेट २३।९५ रहेको छ ।