च्यासललाई पुलिसले हरायो

Avatar photo
Dhadingpost
बुधबार, माघ २६, २०७८

काठमाडौं । नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबलाई २/१ ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ ।

च्यासलका लागि विदेशी खेलाडी माउसा अबागानाले एक गोल फर्काए । च्यासलको १९ खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि गत माघ २ गते तय भएको खेल स्थगित भएको थियो । सोही खेल बुधबार खेलाइएको हो ।

पुलिससँगको हारसँगै च्यासललाई रेलिगेसनको दवाव बढेको छ । ९ खेलबाट ५ अंक जोडेर च्यासल १३औं स्थानमा रहेको छ । अब च्यासलले लिगको बाँकी चार खेलमा जित हात पारेर मात्रै पुग्दैन अन्य टोलीको नतिजा पनि हेर्नुपर्ने हुन्छ ।

पुलिसले २ जित, ४ बराबरी र ३ हारको नतिजा निकालेको छ । खेलाडी अनुबन्धमा आक्रामक देखिएको च्यासलले लगातार खराव प्रदर्शन गर्दा ९ खेलमा १ जित, २ बराबरी र ६ हारको नतिजा निकालेको छ ।