धादिङ । धादिङको गंगाजुमना गाउँपालिका २ स्थित तावलको ठुलो आँगनमा तामाङ समुदायको नयाँ वर्ष सोनाव ल्होछारको अवसरमा मंगलबार बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
छेचु गम्बाले आयोजना गरेको उक्त शुभकामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दिलमान पाख्रिन, जिल्ला सभापति रामनाथ अधिकारी, निवर्तमान सभापति रमेश धमला लगायतका नेताहरु समेत सहभागि थिए ।
शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए अस्तित्व हराउँछ भन्ने नाराका साथ भएको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन दिएका थिए ।