धादिङ । नेपाली सेनाले धुनिवशी ४ कोटकालीका मन्दिर परिसरमा निर्माण गरेको प्रतिक्षालय र शौचालय नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
आर्थिक वर्ष २०७७र०७८ मा विनियोजित बजेटबाट देवीदत्त गणद्धारा निर्माण गरिएको उक्त प्रतिक्षालय र शौचालय मँगलबार एक कार्यक्रमका बीच सेनाले धुनिवेशी नगरपालिकालाई हस्तान्तरण गरेको हो। ऐतिहासिक युद्धस्थल, कोट, गढी तथा एकिकरण पदमार्गको प्रर्वद्धन तथा संवद्र्धन गर्ने उदेश्यले उक्त सँरचना निर्माण गरिएको सेनाले जनाएको छ ।
कार्यक्रममा शिवदल गणका गणपती प्रमुख सेनानी अशोक राज बराल, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, वडा अध्यक्ष हरि सुवेदी लगायतको उपस्थिती रहेको थियो ।