नीलकण्ठमा भेडा, बाख्रालाई खाेप लगाईदै

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २५, २०७८

धादिङ । नीलकण्ठ नगरपालिकाको लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रबाट प्राप्त १५००० डोज भ्याक्सिन भेडा बाख्रामा लगाउनको लागि ७ जना भ्याक्सिनेटर परिचालन गरिएको छ ।

नीलकण्ठ नगरपालिका पशु बिकास शाखाले पशुसेवा बिज्ञ केन्द्रले उपलब्ध गराएको भ्याक्सिन हाल नगरपालिका क्षेत्रमा रहेका भेडा बाख्रा फर्महरुलाई पहिलो प्राथमिकता राखी संचालन गर्न लागिएको बताईएकाे छ ।

ब्यावसायिक फर्महरुमा बिशेष गरि नयाँ ठाउहरुबाट पशुहरुको खरिद बिक्रि धेरै हुने र त्यसो गर्दा अन्यत्रबाट भित्रने पशुहरुबाट रोग फैलन नपाओस भनेर विशेष फोकस गरिएको पशु बिकास शाखाले जनाएको छ ।

१ पटक लगाएको भ्याक्सिनले ३ बर्ष सम्म काम गर्ने हुँदा बढी पशुहरुको चहलपहल हुने ठाउ , नाकाहरुका बस्ती टोलमा समेत प्राथमिकतामा राखी आज बाट खोप कार्यक्रम सुरु गरिएको छ ।

पिपिआर भेडाबाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशतसम्म संक्रमित भेडाबाख्राको मृत्यु हुने भएकाले यस रोग बढी महत्त्वपूर्ण मानिन्छ ।

यो रोग सुरुमा अफ्रिका महादेशबाट आए पनि हाल विश्वका धेरै मुलुकमा फैलिसकेको र नेपालका अधिकांश जिल्लामा देखा परिसकेको मन्त्रालयले जनाएको छ ।

नीलकण्ठमा गत बर्ष २७५०० डोज भ्याक्सिन संचालन गरिएको थियो।