एमालेले सबै प्रदेशमा प्रशिक्षण गर्ने, बागमतीको फागुन ६ र ७ गते

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २५, २०७८

काठमाडौं । नेकपा एमालेले सबै प्रदेशमा चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने घोषणा गरेको छ । प्रशिक्षणमा स्थानीय तहमा एमालेको पाँच वर्षः उपलब्धि र अनुभवहरु तथा स्थानीय तह निर्वाचन तयारी विषयमा छलफल हुने बताईएको छ ।

  • फागुन १ र २ गते प्रदेश १ को विराटनगरमा
  • फागुन ३ र ४ गते मधेस प्रदेशको जनकपुरमा
  • फागुन ६ र ७ गते वाग्मती प्रदेशको काठमाडौंमा
  • फागुन ८ र ९ गते गण्डकी प्रदेशको पोखरामा
  • फागुन ११ र १२ गते लुम्बिनी प्रदेशमा
  • फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा
  • फागुन १६ र १७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा

प्रशिक्षणमा सम्बन्धित प्रदेशका इञ्चार्ज तथा सहइञ्चार्जहरु, प्रदेश कमिटी पदाधिकारीहरु, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज र सहइन्चार्जहरु, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु, सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु, एमालेबाट निर्वाचित जिसस प्रमुख वा उपप्रमुख, गाउँपालिका प्रमुख वा उपप्रमुख र पार्टीका पालिका अध्यक्षहरू सहभागी हुने बताईएको छ ।