
धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले आज ३२ जनाको एण्टिजेन परिक्षण गरिएकोमा १५ जनाको रिपोट कोरोना पोजिटिभ देखिएको बताएको छ ।
आज थप भएका कोरोना पोजेटिभमा नील्कण्ठमा ८, धुनीबेसीमा २, गजुरीमा ३, नेत्रवाती डवजोङमा १ र त्रीपुरासुन्दरीमा १ गरि धादिङमा १५ जना छन् भने आजै डिस्चार्ज हुनेको संख्या ७७ रहेको छ ।
जिल्लाको सक्रिय केश १९९ पुगेको छ र ९ जना हस्पिटल आइसोलेसनमा रहेका छन् । पोजिटिभिटी रेट ४६.८ % रहेको छ ।