कटुन्जे भोक्टेनीमा १५ वेडको अस्पताल संचालन

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २५, २०७८

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाले वडा नम्बर ४ साविकको कटुञ्जे भोक्टेनीमा १५ वेडको अस्पताल संचालनमा ल्याएको छ ।

एमबिबिएस डाक्टर १ जना, हेल्थ असिस्टेन्ट २ जना, अहेव १ जना, स्टाफ नर्स २ जना र कार्यालय सहयोगी ३ जना गरी ९ जना स्वास्थ्यकर्मीहरु यस अस्पतालमा कार्यरत रहेका छन् ।

यस अस्पतालले अक्सिजन मोनिटर सहितको सेवा दिई रहेको छ भने गाउँपालिकाले फार्मेसी र ल्यावको लागि पनि प्रक्रिया अगाडी बढाएको बताएको छ ।