
धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले फागुन १ गते अगाडी नै विद्यालय सूचारुगर्न चाहाने विद्यालयहरुलाई नरोकिने जनाएको छ ।
सोमबार बसेको गाउँ शिक्षा समितिको बैठकले फागुन १ गतेबाट अनिवार्य रुपमा बिद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्नु पर्ने र त्यस अगाडी नै बिद्यालय सञ्चालन चाहने विद्यालयलाई पनि नरोकिने बताएको हो ।
बेनिघाट रोराङ गाउँपालिकाका विद्यालयहरू आईतबारबाट सञ्चालन भएका छन् भने गजुरी गाउँपालिकाका विद्यालयहरु आजदेखी खुलेका छन्।यस्तै ज्वालामुखी गाउँपालिकाले पनि आईतबार सूचना जारी गर्दै आजदेखि गाउँपालिकामा रहेका सामुदायिक तथा निजी बिद्यालयहरु कोभीड–१९ सम्बन्धि स्वास्थ्य मापदण्ड पुरा गरि संचालन गर्न आग्रह गरेको थियो ।