
धादिङ । धादिङको त्रीपुरासुन्दरी गाउँपाकिलाले आज आफ्नो पालिकामा भएको गरिव परिवारको सूचि सार्वजननिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर खतिवडाले गरिव परिवारको सूचि सार्वजनिक गर्दै त्रीपुरासुन्दरी गाउँपालिकामा २६७ गरिब परिवार रहेको जानकारी गराएका हुन् ।
नेपाल सरकार भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयद्वारा स्थानीय तह सँग समन्वय र सहकार्यमा संचालित गरिव परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि यो सूचि तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बताए ।
सार्वजनिक गरिएको सूचिमा कोही छुट्न गएको भए १५ दिन भित्र निवेदन दिन सकिने समेत भनिएको छ ।
गरिब परिवारको नामावली




