
काठमाडौं । सामाजिक सन्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कटाक्ष गर्दै, माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भनेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको संयुक्त हस्ताक्षरमा एमसीसी मुख्यालयलाई संसदबाट परियोजना पास गराउने आश्वासनसहितको पत्र पठाइएको खुलासा भए सँगै डा. भट्टराईले प्रचण्डलाई यस्तो कटाक्ष गरेका हुन् ।
उनले लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रबाद । माछा देखे भित्र हात, सर्प देखे बाहिर हात । भित्र खाओवाद, बाहिर माओवाद, नेपाली राजनीति जवसम्म यो पाखण्डी र दुईजिव्रे प्रबृत्तिबाट मुक्त हुँदैन, तवसम्म देश बन्दैबन्दैन । एमसीसी जुन ढंगले गिजोलिँदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है ।’