
धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज धादिङमा १० जनाको एण्टीजेन परिक्षण गरिएको थियो जसमा ३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
आज पोजेटिभ देखिएको गजुरीमा १ र गंगाजमुनामा ३ जना छन् । आजै डिस्चार्ज हुनेको संख्या ४६ रहेको छ । जिल्लाको सक्रिय केश ३०२ पुगेको छ र १० जना हस्पिटल आइसोलेसनमा रहेका छन् ।
नेपालमा आज ८ हजार ७०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले देशभर गरी २४ घण्टामा ८ हजार ७०४ निको भएको जानकारी दिएकी हुन् ।
उनका अनुसार २४ घण्टामा गरिएको ९ हजार २५१ परीक्षणमा १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरिएको ६ हजार ४४३ परीक्षणमा १ हजार १८३ र २ हजार ८०८ एन्टिजेन परीक्षणमा २०३ जनामा पोजिटिभ देखिएको हो ।