
काठमाडौं । शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र पठाउँदै अमेरिकाले प्रतिबद्धता अनुरुप एमसीसी अगाडि आव्हान गरेको छ ।
एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमूद बाहले ३ फेब्रुअरीमा यी दुई नेतालाई पत्र लेख्दै एमसीसी सम्झौता कार्यान्वयनका लागि अमेरिकाले लामो समय कुर्न नसक्ने प्रष्ट पारेका हुन् ।
एमसीसीले पठाएको पत्र भने सरकारले गुपचुप राख्न खोजेको थियो । सत्ता गठबन्धनका दलहरूबीच पनि पत्र सार्वजनिक गरिएको छैन । फेब्रुअरीभित्र एमसीसी संसदबाट अनुमोदन भइसक्नुपर्ने अमेरिकाले प्रष्ट भनेको छ ।
