स्यालडाँडाका एमाले कार्यकर्ता कांग्रेसमा प्रवेस

Avatar photo
Dhadingpost
आइतवार, माघ २३, २०७८

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर -५ को फ्याक्से र स्यालडाँडाबाट १७ जना एमाले कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

खाल्टेको पतेनी र स्यालडाँडाबाट १७ जना एमाले र माओवादी कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेस गरेको कांग्रेस नीलकण्ठले जनाएको छ ।
नव प्रवेशीहरुलाई नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले टिका, खादा र सदस्यता कार्ड वितरण गरेर गरेका थिए ।

खाल्टेको फ्याक्सेमा माओवादी जनयुद्धका सहिद परिवारका सदस्य चन्द्र बहादुर श्रेष्ठ समेत कांग्रेसमा प्रवेस गरेका थिए ।