
धादिङ । जिल्ला स्वास्थ्य कार्यालयले धादिङमा आज ३ जनामा एण्टीजेन परिक्षण गर्दा २ जनामा पोजिटिभ देखिएको जनाएको छ ।
धादिङमा आज त्रिपुरासुन्दरीमा ३ को एण्टीजेन परिक्षण गरिएको मा २ जनाकोमा पोजिटिभ देखिएको हो ।
धादिङमा आजै डिस्चार्ज हुनेको संख्या ४८ रहेको छ । जिल्लाको सक्रिय केश ३४५ पुगेको छ र १० जना हस्पिटल आइसोलेसनमा रहेका छन् । पोजिटिभिटि रेट ६६.६% रहेको छ ।