गजुरीमा माघ २४ गतेबाट विद्यालय खुल्ने

Avatar photo
Dhadingpost
शनिबार, माघ २२, २०७८

धादिङ । कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सरकारको निर्देशन अनुसार बन्द भएका धादिङ विद्यालयहरु विस्तारै खुल्न थालेका छन् ।

धादिङका कतिपय पालिकाले सूचना जारी गर्दै भौतिक उपस्थिति मै पठनपाठन गराउन विद्यालयहरुलाई निर्देशन दिएका छन् भने कतिपय पालिकाहरुमा सूचना अगावै विद्यालय संचालनमा आईसकेका छन् ।

शुक्रबार सूचना जारी गर्दै गजुरी गाउँपालिकाले माघ २४ गते बाट विद्यालय खोल्न आव्हान गरेको छ भने बेनीघाट रोराङ गाउँपालिकाले माघ २३ गते बाट विद्यालय खोली भौतिक उपस्थिति मै कक्षा संचालन गर्न विद्यालयहरुलाई आव्हान गरेको छ ।