बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, माघ २२, २०७८

प्यूठान । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले बताए । जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।