
काठमाडौं । चीनको राजधानी बेइजिङमा हिउँदे ओलम्पिक भव्य समारोहबीच ओलम्पिकको उदघाटन भएको छ ।
ओलम्पिक उदघाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी भए । ओलम्पिक उदघाटनमा सहभागी हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री इमरान खानलगायत विश्वका नेताहरु पुगेका थिए ।
राष्ट्रपति सी ले ओलम्पिक उद्घाटन गर्दै भने चीनले विश्वलाई सुव्यवस्थित, सुरक्षित र भव्य खेलहरू प्रदान गर्न सक्दो प्रयास गर्नेछ र छिटो, उच्च, बलियो ( सँगैु ओलम्पिकको आदर्श वाक्यमा काम गर्नेछ, ।
अमेरिका र भारतले भने ओलम्पिकको कूटनीतिक सहभागिता जनाएनन् । कतिपय देशले चीनको मानवअधिकार लगायत विषय उठाएर ओलम्पिकको कूटनीतिक बहिष्कार गरे । उनीहरुका तर्फबाट खेलाडी भने सहभागी भए ।