
धादिङ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाकाे अवधिमा २७ जना काेराेना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएकाे जानकारी अनुसार धादिङमा आज नील्कण्ठमा २, धुनीबेसीमा ५, गल्छीमा १ र ज्वालामुखीमा २ गरि जिल्लामा १० पोजिटिभ केश देखिएको छ ।
आजै धादिङमा संक्रमित भई आईशाेलेसनमा बसेका २७ जना निकाे भएका छन् ।
जिल्लाको सक्रिय केश ३९१ पुगेको छ र ८ जना हस्पिटल आइसोलेसनमा रहेका छन् । आज १२ एण्टीजेन परिक्षणमा १० पोजिटिभ आएको छ । पोजिटिभिटी रेट ८३.३% रहेको छ ।