
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल आगामी बुधबारलाई सरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबारका लागि तोकेको पुलिस र च्यासलबीचको खेल माघ २६ गते बुधबारलाई सारेको जनाएको छ ।
नवौं चरण अन्तर्गत यस अघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो ।
च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण देखिएपछि खेल भोली शनिबारलाई सारिएको थियो । वर्षाका कारण दशरथ रंगशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गर्दै एन्फाले माघ २६ गते बुधबारलाई सारेको हो ।
जारी लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ । च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।