
धनुषा । तीव्र गतिमा चलिरहेको हावाहुरीका कारण रूख ढल्दा च्यापिएर दुई विद्यार्थी सहित ३ जनाको मृत्यु भएको छ ।
रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेहरूमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा रहेका छन् । मृत्यु हुने दुवैजना सवैला फकिरचन्द्र माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।
विद्यालयमा रहेकै बेला त्यहाँको रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
यस्तै रौतहटमा हावाहुरीले ४५ वर्षीया महिला फूलमति देवीको मृत्यु भएको छ । रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि च्यापिएर उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।