
धादिङ । धुनीबेसी नगरपालिका–९ स्थित बिस किलोमा काठमाडौंबाट खानीखोला तर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा चालक स्थानीय ३२ बर्षीय राज कुमार श्रेष्ठको निधन भएको छ ।
प्रहरीका अनुसार बा ४ ख ११६२ नम्बरको उक्त ट्रिफर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खस्दा चालक धुनीबेसी–८ भदौरेका श्रेष्ठको निधन भएको हो ।
गएराति पौने ३ बजे भएको उक्त दुर्घटनामा सह–चालक काठमाडौंका २० वर्षीय सविन कुँवरलाई उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिउको प्रहरीले जनाएको छ ।