बेनीघाट रोराङमा माघ २३ गते देखि भौतिक उपस्थितिमा पढाई हुने

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २१, २०७८

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले कोरोनाको कारण बन्द विद्यालय माघ २३ गते देखि संचालन गर्ने भएको छ ।

आज प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले सूचना जारी गर्दै १२ वर्ष भन्दा माथिका सबै विद्यार्थीहरु सबैलाई कोरोना विरुद्धको खोप लगाई सकिएको र माघ २१ गते बसेको गाउँपालिकाको शिक्षा समितिको निर्णय अनुसार माघ २३ गते देखि भौतिक उपस्थिति मै कक्षा संचालन गरिने जनाएका हुन् ।

सूचनामा भौतिक उपस्थिति मै कक्षासंचालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालन गर्नु पर्ने समेत जनाईएको छ ।