धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा गए मध्यराती देखि हिउँ परेको र यो समाचार तयार गर्दा समेत परि रहेको विकल लामाले बताए ।
लामाका अनुसार रुबीभ्याली-१,२ र ३ को माथिल्लो भेगमा हिउँ हिमपातको कारण जनजीवन प्रभावित बनेको छ भने स्थानीयहरु घरबाट बाहिर निस्कन सकेका छैनन् ।
म अहिले रुबीभ्याली गाउँपालिका वडा नम्बर ३ मा छु, यतिबेला यहाँ हिउँ परि रहेको छ । लापा, तिप्लिङ र सेर्तुङमा हिउँ परि रहेको जानकारी पाएको छु लामाले हामीलाई बताए ।