चट्याङ लागेर दुई जनाको मृत्यु

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २१, २०७८

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका-११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काका अनुसार हिजो अबेर राती परेको चट्याङले बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर सात लामासरा कि ४० वर्षीया रामकली कामीको मृत्यु भएको जनाएको छ ।

दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पामा हिजो राति देखि नै हिमपात पर्न सुरु भएको हो । हिमपातले जनजीवन कष्टकर बनाए पनि उच्च हिमाली क्षेत्रका किसान भने हर्षित भएको हुम्लाका कमल शाहीले बताए ।