धादिङ । धादिङका भ्रष्टचार विरोधी अभियान्ता दशरथ भण्डारी र केहि पत्रकारलाई कुटपिट गरेको आरोप लागेका काठमाडौं स्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालनक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् ।
यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा यूएई पठाइ अलपत्र बनाई ठगि गरेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले विहीबार गुरुङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा लगिएको छ । मंगलबार पिडितको गुनासो लिएर यस मेनपावर पुगेका दशरथ भण्डारी लगायत संचारकर्मीहरुलाई निर्घात कुटपिट भएको घटना समेत भीम गुरुङ सँग जोडिएको छ ।