कतारमा सोनाम ल्होछार कार्यक्रमको भव्य तयारी

Avatar photo
Dhadingpost
बिहिबार, माघ २०, २०७८

कतार । “तामाङ जातिको परिबर्तन, आर्थिक तथा शैक्षिक सुदृढीकरण” भन्ने मुल नाराको साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले प्रत्येक वर्ष गर्दै आएको ल्होछार कार्यक्रम गत वर्ष कोरोना महामारीको कारण स्थगित गरिएको थियो भने यस बर्ष विश्व स्वस्थ्य संगठन (WHO) ले जरि गरेको स्वास्थ्य मापडण्ड को पालना गर्दै भोली हुने भएको छ ।

कतार सरकारको स्वस्थ्या मन्त्रलयले जारि गरेको नियमलाई पालना गर्दै कतारको साहनिया पार्क (जू) स्थित मन्जुश्री संम्बत २८५८ ताक (च्यान) ल्हो बाघ बर्ग सोनाम ल्होछार शुभकामना आदान(प्रदान तथा सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सुवास तामाङले बताए ।

ल्होछार मुल समारोह समिति संयोजक सन्जय डिम्डुङ तामाङको अध्यक्षतामा आज दोहाको नज्मा स्थित रोयल नेपाली रेस्टुरेन्टमा बसेको ल्होछार मुल समारोह समितिको बैठकबाट कार्यक्रमका लागि स्वयंसेवक संयोजकमा श्याम लाल तामाङ, सह(संयोजकमा पासाङ मोक्तान, निश्चल तामाङ लाई जिम्मेवारी दिएको छ।

९ मिति २०७८ माघ ७ गते तदनुसार २१ जनवरी शुक्रबारको दिन नेपाल प्रवासी तामाङ समाज कतारको अध्यक्ष श्री सुबास तामाङ ज्युको अध्यक्षतामा दोहाको नज्मा स्थित रोयल नेपाली रेस्टुरेन्टमा बसेको दोश्रो सचिवालय बैठकले कार्यक्रमको संयोजक सन्जय डिम्डुङ तामाङ र यातायात संयोजकमा मोइराम तामाङ तोकेको थियो ।

यहि फेब्रुअरी ४ तारीख शुक्रबार बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा तामाङ समाज कतारका कलाकार टोलीले ताम्बा, लामा, बोम्बो, सेलो, म्हेन्दोमाया लगायत विविध संस्कार संस्कृति र पहिचान झल्किने प्रस्तुतिहरु देखाईने बताईएको छ ।

कतारका विभिन्न शहरबाट कार्यक्रम स्थल सम्म निस्शुल्क आवतजावत यातायात र खानाको व्यवस्था समेत रहेको यातायात संयोजक मोईराम तामाङले बताएका छन् । साथै रोजगारीको सिलसिलामा कतारमा कार्यरत तामाङ तथा गैर तामाङ दाजुभाइ तथा दिदीबहिनी हरुलाई ल्होछार कार्यक्रममा उपस्थित हुन समाजका अध्यक्ष सुवास तामाङले अनुरोध गरेका छन् ।