
धादिङ । धादिङको धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले सुत्केरी आमा र नवजात शिशुसँग भेटघाट अभियान कार्यक्रम सुरु गरिएको जनाएका छन् ।
यो कार्यक्रम अनुसार मेयरले नवजात शिशुहरुको घरमै पुगेर नगरपालिकाको तर्फबाट १ हजारको चेक हस्तान्तरण गर्ने र उपमेयरले सुत्केरी आमाहरुलाई पौष्टिक तत्व युक्त कोसेली हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यस अभियान चलाए सँगै धार्केमा रहेको एन. सी. सी बैंकले नवजात बालबालिकाको घरमा पुगेर खाता खोल्ने कार्यक्रम सुरु गर्दै नवजात शिशुको नाम वडा कार्यालयमा टिपाउन अनुरोध गरेको छ ।