असिना सहित वर्षाको सम्भावना

Avatar photo
Dhadingpost
बुधबार, माघ १९, २०७८

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी शनिबारसम्मै बदली, असिना सहितको वर्षा र हिमपात हुने अनुमान गरिएको जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद वरुण पौडेलका अनुसार बुधबार रातिदेखि सुदूरपश्चिम प्रदेशबाट यो प्रणाली भित्रिने छ । यसको बढी असर काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि देखिने छ । शुक्रबार दिनभर घाम लाग्ने छैन । ‘काठमाडौं उपत्यकाको हकमा शुक्रबार धुम्म हुन्छ, वर्षा हुन्छ, कतैकतै भारी वर्षा पनि हुन सक्छ ।