भारतको वजेट सार्वजनिक, नेपाललाई १२ अर्ब अनुदान

Avatar photo
Dhadingpost
बुधबार, माघ १९, २०७८

काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्ष ०२२-२३ का लागि ६ सय ३१ खर्ब नेपाली रुपैयाँ ३९४ खर्ब ४९ अर्ब भारु) बराबरको बजेट ल्याएको छ ।

भारतमा १ अप्रिलदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ, त्यसको दुई महिनाअघि फेब्रुअरीको पहिलो दिन राष्ट्रिय बजेट ल्याउने गरिन्छ । यहि अनुसार भारतले २२-२३ का लागि वजेट सार्वजनिक गरेको हो ।

चालू आर्थिक वर्षमा भारत ले नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ (९ अर्ब ९२ करोड भारु) अनुदान दिने घोषणा गरेको थियो । तर, आगामी आर्थिक वर्षमा भने ७ अर्ब ५० करोड भारु (१२ अर्ब रुपैयाँ) मात्रै विनियोजन गरिएको छ ।

भारतले त्यसभन्दा अघिल्लो आर्थिक वर्ष (२०२०–२१) ८ अर्ब ८० करोड भारु उपलब्ध गराएको थियो । त्यसअघि २०१९–२० मा भने ११ अर्ब ९८ करोड रुपैयाँ अनुदान बापत उपलब्ध गराएको थियो । तस्वीरः बीबीसी हिन्दीबाट