स्थानीय तहको निर्वाचन जेष्ठ ४ गते गर्न आयोगको सिफारिस

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १८, २०७८

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गते निर्वाचन गर्न परामर्श दिएका हुन् ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता जस्ता कुरामा हुने बताएको छ । २०७४ पछि उक्त ती शीर्षकहरुमा करिब ३० प्रतिशतले वृद्धि भएकाले अनिवार्य खर्च बढेको उल्लेख गरेको छ ।