रुस र युक्रेन विवादमा भारतले अमेरिकालाई साथ दिएन

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १८, २०७८

काठमाडौं । युक्रेनमा रुसीले आक्रमणको योजना बनाएको अमेरिकी दावीको बारे संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भएको मतदानमा भारत सहभागि भएन । सोमबार युक्रेन संकटलाई लिएर तनावलाई तत्काल कम गर्न आह्वान गर्दै भारतले यस मामिलामा सबै देशको वैध सुरक्षा हितलाई पनि जोड दिएको बीसीसी हिन्दीले जनाएको छ ।

अंग्रेजी पत्रिका टाइम्स अफ इन्डियाले यो समाचारलाई प्रमुख स्थान दिएको छ । यस विषयमा छलफल भएको र अमेरिकाको नेतृत्वमा १० देशले छलफलको पक्षमा मतदान गरेको अखबारले आफ्नो रिपोर्टमा लेखेको छ ।

भारतसँगै केन्या र ग्याबोन मतदानबाट बाहिर रहे । रुस र चीनले छलफलको विपक्षमा मतदान गरेका थिए । यो मतदान प्रक्रियागत थियो र भिटो को लागी कुनै प्रावधान थिएन। त्यसका लागि ९ मत आवश्यक थियो । अमेरिकाले वार्ताका लागि ९ भन्दा बढी देशको समर्थन पाउने पक्का थियो ।

भारतले युक्रेन संकट कूटनीतिक र रचनात्मक वार्ताबाट समाधान गर्न आग्रह गरेको यो दोस्रो पटक हो । संयुक्त राष्ट्रका लागि भारतका राजदूत टीएस तिरुमूर्तिले भने, ूभारत यस संकटको समाधान चाहन्छ र यो तत्काल तनाव कम गरेर हासिल गर्न सकिन्छ। यसमा सबै देशले सुरक्षा हितलाई ध्यानमा राख्नुपर्छ ।