दूधको मूल्य बृद्धि प्रतिलिटर ५६.०४ रुपियाँ

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १८, २०७८

धादिङ । सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले जानकारी दिए ।

यसअघि दूधकको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । बैठकले दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरेसँगै १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपियाँले दुधको मूल्य वृद्धि भएको हो ।