युवा नेता सन्तोष आन्दोलनको क्रममा घाईते

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १८, २०७८

धादिङ । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशका सचिव, सिद्धलेक गाउँपालिका धादिङ निवासी मोदनाथ सिलवाल (सन्तोष) आन्दोलनको क्रममा सोमबार साँझ घाईते हुनपुगेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल कलंकी मोर्चाको आन्दोलनको नेतृत्व गरिरहदा उनी घाइते भएका हुन् । २०० भन्दा धेरै युवाहरु सहभागी भएको जुलुसलाई प्रहरीले हस्तक्षेप गर्दा सन्तोष घाईते भएको युवा संघले जनाएको छ ।

हस्तक्षेपका बाबाजुद पनि मोर्चाले मसाल जुलुस र प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको थियो । संघले देशैभर, मुल्य बृद्धि, रेणु कुमारी यादवको अभिव्यक्ति को विरोध, लिपुलेक लिम्पियाधुरामा भारत सरकारले गरेको सडक निर्माणविरोध , स्थानीय निर्वाचनको मिति तोक्न माग गर्दै देशैभर प्रदर्शन गरिरहेको छ।