एमालेका सिलवाल र पोखरेल बागमती प्रदेश संसदीय समितिको सभापतिमा निर्वाचित

Avatar photo
Dhadingpost
माघ १७, २०७८

हेटौंडा । बागमती प्रदेशसभा अन्तरगत रहेको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा क्रमश नारायाणबहादुर सिलवाल र केशवप्रसाद पोखरेल निर्विरोध भएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट कसैले पनि उम्मेदवारी नदिएपछि एमालेका सांसद्द्वय सिलवाल र पोखरेल स्वत निर्वाचित भएका हुन् । दुवै समितिको सभापतिमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु स्वतः चुनिएका हुन् । सिलवाल र पोखरेल दुवै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए ।

सचिवालयका अनुसार दिउँसो १२ बजे अर्थ तथा विकास समितिको र २ बजे शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति घोषणा गरिएको हो । अर्थ तथा विकास समितिमा २० जना सदस्य र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना सदस्य रहेका छन् । दुवै समितिमा नेकपा एमालेको स्पष्ट बहुमत अर्थात १२–१२ जना सदस्य रहेका छन् ।