अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ

Avatar photo
Dhadingpost
माघ १७, २०७८

काठमाडौं । बौद्धमा रहेको एउटा रेस्टुरेन्टमा अनलाइन मार्फत जुवा खेल्ने ७४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीका अनुसार काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार महामारीको संक्रमणलाई बेवास्ता गर्दै ठूलो संख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका थिए ।

पक्राउ पर्नेमा ६ जना महिला र ६६ पुरुष थिए । उनीहरूको साथबाट ६ लाख १९ हजार २ सय ५० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

घटनाका सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्दबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद(५ अन्तर्गत “जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने” कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।