सलाङका आगलागी पीडित श्रेष्ठ परिवारलाई आर्थिक सहयोग प्राप्त

Avatar photo
Dhadingpost
माघ १७, २०७८

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ सलाङ ईटपानी निवासी राष्ट्रिय भलिबल रेफ्री सोम श्रेष्ठको परिवारलाई आर्थिक सहयोग प्राप्त हुन थालेको छ ।

नलाङ पात्ले माविका शिक्षक अमृत गुरुङको समन्वयमा स्पेनिस नागरिक फादर अल्फारोले नगद ५० हजार र साना किसान सहकारी संस्था सलाङ धादिङले नगद २० हजार पिडित श्रेष्ठको परिवारलाई सहयोग गरेका हुन् ।

यहि माघ ११ गते ग्यास सिलिन्डरबाट आगलागी हुँदा सोम श्रेष्ठको पसलको सामान सहित नगद ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो । श्रेष्ठ परिवारले सहयोगी सबैलाई सामाजिक सन्जालमा पोष्ट गर्दै धन्यावाद दिएका छन् ।