दुर्गेशको ‘छाडा’ गीत, पैसा सार्वजनिक

Avatar photo
Dhadingpost
माघ १५, २०७८

काठमाडौं । गायक दुर्गेश थापाले नयाँ गीत युट्यूवमा रिलिज गरेका छन्, जसको बोल छ– पैसा । यो गीतले उनलाई थप विवादमा पार्न सक्छ ।

र्याप शैलीमा उनले गाएको गीतमा आपत्तिजनक र छाडा शब्दहरु प्रयोग भएका छन् । सबै कुरा गर्न ‘पैसा’ चाहिने सन्देश दिने क्रममा उनी अनर्गल तरिकाले गितमा भिडियो समेत प्रस्तुत भएका छन् ।

यो गीतको रचना र संगीत पनि दुर्गेशकै हो । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका छन् । गीतको भिडियोमा पनि दुर्गेशले अश्लिल हाउभाउ देखाएका छन् ।

दुर्गेशले विवादमा आउने चेष्टा गरेरै यो गीत गाएको देखिन्छ । यसअघि उनले गाएका सबैजसो गीतहरु कुनै न कुनै विवादमा आएका छन् र हिट पनि भएका छन् । सम्भवतः फेरि पनि उनी विवादकै बलमा हिट हुन चाहन्छन् ।