रुसीले युक्रेनमा हमला गरे ग्यास पाइपलाइन काट्ने अमेरिकी चेतावनी

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १४, २०७८

एजेन्सी । संयुक्त राज्य अमेरिकाले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने ग्यास पाइपलाइन अवरुद्ध बनाइदिने जनाएको छ ।

नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो । बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका हुन् ।

बीसीसीका अनुसार पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गर्छ ।