बिशालटारमा अन्तर गाउँपालिका कृषि/पशु शाखाहरु बिच समन्वयात्मक बैठक सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, माघ १३, २०७८

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बिशालटारमा अन्तर गाउँपालिका कृषि/पशु शाखाहरु बिच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

गोरखाको गण्डकी गाउँपालिका कृषिरपशु विकास शाखाको आयोजनामा बिहिबार भएको उक्त बैठकले शहिद लखन, ईच्छाकामना, बेनिघाट रोराङ, सिद्धलेक र ज्वालामुखी गाउँपालिकाका कृषि/पशु शाखाहरु बिच कृषी तथा पशु क्षेत्रमा आपसी सहकार्यका साथ काम गर्ने सामुहिक प्रतिबद्धता गरेको छ ।

बैठकले पशुपंक्षिको महामारीजन्य रोगको नियन्त्रणको लागि सबै गाउँपालिकाले पुर्ण खोप कार्यक्रम सञ्चालन गर्ने, भ्याक्सिनेशन रिपोट आदान प्रदान गर्ने, स्थानिय उत्पादन संरक्षण तथा प्रवद्र्धन गरी छिमेकी गाउँपालिकाको बजारसम्म पुर्याउने, पशुधनको संरक्षणको लागि पशुपंक्षी बिमा कार्यक्रमको पँहुच पुर्याउने लगाएतको ११ बुुदेँ प्रतिबद्धता जायर गरिएको छ ।

यस्तै सबै पालिकाको जनप्रतिनिधि, प्रशासनसँग सामुहिक रुपमा छलफल तथा समन्यव गरी छिमेकी गाउँपालिकाको असल अभ्यास आदान–प्रदान गर्ने, जथाभावी प्रयोग हुने रासायनिक मल, बिषाक्त बस्तुको नियन्त्रण गरी व्यवस्थापन गर्ने लगाएतको निर्णय भएको छ ।