रुस र युक्रेनको विषयलाई लिएर पश्चिमी देशहरू बीच तनाव

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ११, २०७८

काठमाडौं । नाटोले पूर्वी युरोपमा थप लडाकु विमान र युद्धपोत तैनाथ गर्ने घोषणा गरेपछि युक्रेनलाई लिएर पश्चिमी देशहरूबीचको तनाव झनै गहिरिँदै गएको छ ।

युक्रेनमा रुसको आक्रमणको डरका बीच आयरल्याण्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्धजस्तो अवस्था सिर्जना हुन नदिने चेतावनी दिएको छ ।

अर्कोतर्फ युक्रेनमा रुसी आक्रमण भएमा अमेरिका र युरोपेली संघले कडा प्रतिकारका लागि संयुक्त कदम चाल्ने सम्भावना हेरिरहेका छन् ।
रुसले छिमेकी राष्ट्र युक्रेनको सीमामा झण्डै एक लाख सैनिक र भारी हतियार तैनाथ गरेको छ । यस विषयमा निकै तनाव छ । तर, रुसले युक्रेनमा आक्रमण गर्ने योजना रहेको कुरा अस्वीकार गर्दै आएको छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार अमेरिका, बेलायत र अष्ट्रेलियाले आफ्ना कूटनीतिज्ञका परिवारलाई युक्रेनको राजधानी किभ छोड्न आदेश दिएका छन् । फ्रान्सले आफ्ना नागरिकहरूलाई आवश्यक नभए युक्रेन नजान भनेको छ ।